Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा चल्न थाल्यो

२०७६ आश्विन १९ गते

बैंकिङ खबर । नेप्सको नेटवर्कमा बैंकको एकअर्काको एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । 
नेप्समा १८ वटा बैंक आवद्ध छन् । गत भदौ १४ गतेदेखि आफ्नै बैंकको एटीएमबाट मात्रै पैसा निकाल्न सकिने भएको थियो, अब भने एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेको छ । 

प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमइ, सनराइज, एनबी, जनता, सिटिजन, बैंक अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैंकहरु नेप्समा आवद्ध छन् ।