Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नयाँ नोट जतन गरेर चलाउन नेपाल राष्ट्र बैंकको अनुरोध

२०७६ आश्विन १५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोट जतन गरेर चलाउन सर्बसाधारणलाई अनुरोध गरेको छ । राष्ट्र बैंकले यो बर्ष दशैमा झण्डै १३ अर्ब रुपैयाँको नयाँ नोट सर्वसाधारणलाई वितरण गर्ने छ । राष्ट्र बैंकले १७ गतेसम्म सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा सुरु गरेको हो । नयाँ नोट छपाई महंगो भएको भन्दै हिफाजतका लागि आग्रह गरेको हो । सामान्यतया कागजी नोटको आयु ४/५ बर्षको हुने तर दशैंका बेला बजारमा पठाइएका नोट एक बर्षमै पुराना हुने गरेको पाइएको छ, ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने हुनाले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरीएको छ ।

Ad