
स्मारीका अग्रवाल, बैंकिङ खबर । सर्वसम्मत रुपमा सिटिजन्स बैंकको अध्यक्षमा मनोनित हुनुभएका बैंकर राजनसिंह भण्डारीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।
सिटिजन्स बैंकको अध्यक्ष बन्नुभएका भण्डारी सञ्चालक समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो । बैंकको नवनिर्वाचित सञ्चालक समितिको ३१४ औं बैठकले प्रवलजंग पाण्डे, सजन शर्मा र सीता कार्कीलाई सञ्चालकमा नवनिर्वाचित गरेको थियो । राजनसिंह भण्डारी यस अघि सोही बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । भण्डारीले आगामी ४ वर्षको लागि पदभार ग्रहण गर्नुुभएको हो ।