Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

मिडिया इन्टरनेशनलको सातौँ वार्षिकोत्सव सम्पन्न

२०७६ आश्विन १३ गते

बैंकिङ खबर । मिडिया इन्टरनेशनलले आफ्नो सातौँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले वित्तीय पहुँच र वित्तीय साक्षरता विस्तारमा मिडिया इन्टरनेशनलले पुर्याएको योदानको सराहना गरे । राष्ट्र बैंकको पछिल्लो अध्ययनलाई उल्लेख गर्दै उनले वित्तीय पहुँच ६१ प्रतिशत पुग्नुमा बैंक तथा वित्तीय संस्थाका साथै मिडिया इन्टरनेशन जस्ता संस्थाहरुको योगदान रहेको बताए ।

कार्यक्रममा बोल्दै बैंकर्स संघका निवर्तमान अध्यक्ष समेत रहेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले वित्तीय साक्षरता अभिवृद्धिका लागि मिडिया इन्टरनेशलले वीज रोप्ने काम गरेको बताए ।

त्यस्तै, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकालले बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई बैंकिँ पहुँचमा ल्याउने राष्ट्र बैंकको चाहनालाई मिडिया इन्टरनेशनलको अभियानले पूरा गर्दै लगेको उल्लेख गरे ।

माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका वननिर्वाचित अध्यक्ष वसन्त लम्सालले मिडिया इन्टरनेशनलको सफलताको कामना गर्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

टानका नवनिर्वाचित अध्यक्ष खुम बहादुर सुवेदीले पर्यटन क्षेत्रले अर्थतन्त्रको समग्र विकासमा पुर्याएको योगदानको कदर गर्दै पर्यटन क्षेत्रमा बैंकिङ लगानी बढाउन आवश्यक वातावरण तयार गरिदिन गभर्नरसमक्ष आग्रह गरे ।

कार्यक्रमका सभापति एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले राजनीतिक समाचारलाई महत्व दिने परिपाटी हटाई आर्थिक समाचारलाई महत्वमा ल्याउन मिडिया इन्टरनेशलको सुरुवात गरेको र यस बीचमा सम्बन्धित सबैको साथ र सहयोग पाएको भन्दै आभार व्यक्त गरे ।

कार्यक्रममा विभिन्न व्यवसायिक क्षेत्रबाट अर्थतन्त्रको विकासमा सहयोग गर्ने आठ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । हरेक वर्षको वार्षिकोत्सवमा वित्तीय साक्षरता एवम् आर्थिक पकारितामार्फत योगदान पुर्याएवापत मिडिया इन्टरनेशनलले दिँदै आएको पुरस्कार यसपटम अनलाइन खबर डट कममा कार्यरत रोयल आचार्यलाई प्रदान गरियो । त्यस्तै, वार्षिकोत्सव समारोहको अवसर पारेर माधव निर्दोषद्धारा लिखित खाता खोलौँ आफ्नै नाउँमा भन्ने गीतको विमोचन पनि गरिएको थियो ।