जिल्ला कृषि विकास कार्यालय सिराहाले चालु आव २०७२/०७३ मा जिल्लाका १ सयभन्दा बढी बेरोजगार युवालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिमसँगै अनुदान रकम प्रदान गरेको छ । तरकारी खेतीमार्फत जिल्लाका युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्लाभरिका १ सय २० जना युवालाई चार चरणमा व्यावसायिक तालिमसँगै तरकारी खेती गर्न चाहेकालाई ३० हजार रुपैयाँका दरले अनुदान रकम प्रदान गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।


