Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक र आमा बहुउदश्यीय सहकारी बिच सम्झौता

२०७६ आश्विन १३ गते

बैंकिङ खबर । स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित आमा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले ‘गरिमा रेमिट’सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र आमा बहुउदेश्यीय सहकारी संस्था लि.बीच सम्झौता सम्पन्न भएको छ । यसमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आमा बहुउदेश्यीय सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष दुर्गा प्रसाद पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता पश्चात आमा बहुउदेश्यीय सहकारी संस्था लि.बाट गरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ९ वटा शाखा सहित देशभर ८७ शाखा र ४३ वटा एटीएम संचालनमा छन् ।

Ad