Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विश्वमा बैंकिङ इतिहास, यी हुन सबैभन्दा पुराना पाँच बैंकहरु

२०७६ आश्विन ११ गते

बैंकिङ खबर । नेपालमा लगभग ९० वर्ष अघि देखि नै विनिमयका लागि सिक्काको प्रचलन भएको देखिन्छ । वि.सं. १९९४ मा नेपालको पहिलो बैँकको रुपमा नेपाल बैँकको स्थापना भइसकेको थियो । त्यसबेला पनि नेपालमा सिक्काको प्रयोग हुन्थ्यो । वि.सं. २००४ बाट मात्र नेपालमा कागजी नोटको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकको स्थापना हुनुभन्दा पहिला सदर मुलुकी खानाले नोट तथा सिक्का निश्काषन गर्दथ्यो । नेपालमा नोटमा पहिलो हस्तक्षर गर्ने व्यक्ति तत्कालीत सदर मुलुकी खानाका प्रमुख खचाञ्ची जनकराजले गरेका थिए ।
नेपालको बैँकिङ इतिहास लामो नभएपनि विश्वका अन्य विकसित मुलुकहरुमा धेरै पहिला नै बैंकिङ गतिविधिको सुरुवात भएको पाइन्छ । औपचारिक रुपमा बैँकिङ प्रणालीको सुरुवात इटलीबाट भएको पाइन्छ । सन् १४७२ मा इटलीमा संसारकै पहिलो बैँकको स्थापना भएको थियो । त्यपछि मात्र विश्वका सबैमुलुकमा बैंकको आवस्यकता महसुस गरी बैंक खोल्ने काम गरियो ।
बैँकिङ इतिहास रचेका संसारका सबैभन्दा पुराना ५ बैँकहरु

बान्सा मोन्टे डीपस्सी डी सीना


इटलीको सीना सहरमा अवस्थित यो बैंक संसारकै सबैभन्दा पहिलो बैंक हो । सन् १४७२ मा यो बैंकको स्थापना भएको थियो । तत्कालीन समयमा गरिब मानिसहरुको उत्थानका लागि बैंकको स्थापना भएको इतिहास छ । च्यारिटीको माध्यमबाट उकास्ने उद्देश्यले उक्त बैंकको स्थापना भएको थियो ।

बेरेनबर्ग बैंक


सन् १५९० मा स्थापित यो बैँक जर्मन बैँक हो । जर्मनको हमवर्गमा स्थापना भएको यो बैंक दुई दाजुभाई ह्यान्स र पल बेरेनवर्ग मिलेर खोलेका थिए । कपडाको आयात निर्यात व्यवसाय गर्ने दाजुभाइले खोलेको यो बैंक आर्थिक गतिविधिमा बढी क्रियाशिल भएको थियो । यो बैंक सहकारीको अवधारणाबाट स्थापना भएको इतिहास समेत छ । यो बैंकका कारण तत्कालीन समयमा धेरैले आफ्नो आर्थिक अवस्थाको सुधार गर्न सकेका थिए ।

स्भेरिगेज रिक्सबैंक


सन १६६८ मा स्वीडेनमा स्थापना भएको यो बैंक संसारकै सबैभन्दा पुरानो केन्द्रिय बैंक हो । यो बैंकको स्थापना भएपछि स्वीडेनमा बैंकिङ विकास भएको थियो ।

सी होर एण्ड को


संसारकै तेस्रो पुरानो बैंक हो सी होर एण्ड को बैंक । यो बैंकको स्थापना सन् १६७२ मा लण्डनमा भएको थियो । यो बैंकको स्थापना भएपछि लण्डनमा आधुनिक बैंकिङ तथा कागजी नोटको सुरुवात भएको थियो । निजी स्वामित्वमा स्थापना भएको यो बैंक अहिले पनि पारिवारिक रुपमा चलेको छ । अहिलेपनि यो बैंक सर रिचार्ड होरको व्यवस्थापनमा सञ्चालन भइरहेको छ ।

मेट्जलर बैंक


यो बैंक सन १६७४मा जर्मनको फ्रयाङफर्टमा स्थापना भएको थियो । यो बैंकको स्थापना भएपछि जर्मनमा संस्थागत रुपमा बैंकिङ प्रणालीको विकास भएको थियो । यो बैंकको स्थापना व्यापारीक कम्पनीको रुपमा बेन्जामिन मेटजलरले स्थापना गरेका हुन् । जुन जमर्नको दोस्रो पुरानो बैंक हो भने विश्वमा पाँचौ पुरानो बैंक हो ।

Ad