बैंकिङ खबर । बैंकमा ह्याकरले फेरी नयाँ तरिका अपनाउँदै सिस्टम ह्याक गरेका छन् । मंगलबार राति सिस्टम ह्याक गरेर कृषि विकास बैंक सिराहाको लाहानबाट डेढ करोड रुपैयाँ
ह्याकरहरुले निकालेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले रकम निकालेको पुष्टि गरे । बैंकिङ खबरसँग छोटो कुराकानी गर्दै उनले भने, ‘कृषि विकास बैंकको रकम ह्याकरले नयाँ तरिकाले निकालेका छन्, यस विषयमा हामी अनुसन्धान गर्दैछौं ।’ यस अघि एटिएम ह्याक गरेर चिनियाँ ह्याकरहरुले करोडौं रकम निकाले थिए । टिएम ह्याकिङ प्रकरणमा संलग्न आधा दर्जन व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर कारबाही चलाएको छ । ह्याकर गरेर रकम निकालिएको तेस्रो घटना र तेस्रो फरक शैली भएको बताइएको छ ।


