बैंकिङ बखर । वुटवलमा अर्को एउटा विकास बैंक बजमुतिको बाटोमा अघि बढेको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेर यो बैंक प्रदेशस्तरीय विकास बैंकका रुपमा अघि सर्ने प्रयत्न गरेको हो ।
तिनाउ मिसनले नेपाल कम्युनिटीलाई १ बराबर १ को अनुपातमा प्राप्ति गर्ने छ । ततपश्चात संयूक्त कारोबारको लागि अन्तिम स्वीकृति लिनेछन् । तिनाउ मिसनले नेपाल कम्युनिटीलाई प्राप्ति गर्ने सम्बन्धी कार्य सम्पन्न भई एकिकृत कारोबार सम्पन्न नभएसम्मको लागि सञ्चालक समिति यथावत रहने छ । यसअघि तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्जर भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो । नेपाल राष्ट्र बैंकले विकास बैंकहरु, फाइनान्स कम्पनी र माइक्रो फाइनान्सलाई राष्ट्रिय स्तर वा प्रदेश स्तरमा जान भनेपछि विभिन्न जिल्लामा कारोबार गरेका वित्तीय संस्थाहरु मर्जर भइरहेका छन्


