बैंकिङ खबर । दशैंमा दक्षिणा लेनदेन गर्दा कागजी नोटमा रंग तथा अबिर नलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । दशैंमा पूजाआजा गर्दा पण्डितहरुले नोट पानीमा भिजाउने र रंग लगाउने गरेको धेरै पाइएको छ, अबदेखि त्यसो नगर्नुहोला, राष्ट्र बैंकले एक अपीलमा भनेको छ । त्यसैगरी राष्ट्र बैंकले नोट कच्याककुचुक नपार्न र दक्षिणा लेनदेन गर्दा नोट मैलो नपार्न पनि अनुरोध छ ।’
यस्तै नोटमा जथाभावी केरमेट गर्ने, मैलो बनाउने, च्यात्ने, आकार बिगार्नेलगायतका काम गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्ने नीति लिएको राष्ट्र बैंक ऐनमै उल्लेख छ । ।


