September 20th, 2019

कञ्चन डेभलपमेन्ट बैंक ११ औं बर्षमा प्रवेश

बैंकिङ खबर । कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले ११ औं बर्षमा प्रवेश गरेको छ ।
स्थानीय स्तरमै लगानी गरिरेहको बैैंकले हाल पाँच जिल्लाका १७ स्थानमा शाखा विस्तार गरेको छ । बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न समाजिक क्षेत्रमा सहयोग गरेको छ । कञ्चन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयका कार्य संचालन विभाग प्रमुखका अनुसार रौटेला स्थित बृद्धआश्रममा साईकल स्टेन्ट निर्माणका लागि समितिलाई रकम तथा महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्नसहयोग गरीएको छ । यस्तै महाकाली बाल अञ्चल अनाथालयमा सहयोग स्वरुप रकम सहयोग गर्नुका साथै रक्तदान लगायतका कार्यक्रम गरिएको छ । जेहेन्दार विद्यार्थीलाई छात्रबृति, उत्कृष्ठ कर्मचारीलाई पुरस्कार जस्ता कार्यहरु पनि कार्यक्रममा समावेश छन् ।
कञ्चन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले बार्षिकोत्सवको अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाल राष्ट्र बैंक, सम्पूर्ण शेयरधनी हरु, संचालक समितिका सदस्यहरु तथा समस्त शुभेच्छुकहरु प्रति बैंकलाई हालको अवस्था सम्म पु¥याउन योगदान गर्ने समस्त कर्मचारीलाई धन्यवाद दिनुभएको छ ।
यस्तै, ग्राहकमुखी बैंकिङ् गतिबिधिलाई समयानुकुल आवश्यकता अनूरुप परिमार्जन एवं आधुनिकिकरण गर्दै बैंकलाई सुदुरपश्चिमकै प्रतिनिधि बैंकको रुपमा स्थापित गर्नेे लक्ष्य रहेको जानकारी दिनुभएको छ ।
हालसम्म यस बैंकको कञ्चनपुरको महेन्द्रनगर, बेलडाँडी, बेलौरी, गुलरिया, पुर्नवास, दैजी, भलारी, धनगढी, अत्तरिया, सुख्खड, बहुनिया, लम्की, टिकापुर, पहलवानपुर, डडेल्धुरा, बैतडी र डोटीमा मा शाखा विस्तार भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]