September 10th, 2019

सिन्धु विकास बैंकको चितवनमा शाखा विस्तार

बैंकिङ खबर । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखा चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले समुद्घाटन गर्नु भएको थियो । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । बैंकले निकट भविष्यमा चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजार लगायत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।
साथै बैंकको आज १०औं बार्षिक उत्सव समेत रहेको छ । बैंकले १०औं बार्षिक उत्सवको शुभ उपलक्ष्यमा काभ्रेको बनेपामा रहेको चण्डेश्वरी भगवती मन्दीरमा डस्टपीन लगायतका सामाग्री बितरण गरेको छ । प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग र विकासचोक गरी कुल १८ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २० स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]