Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एन आई सी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच सम्झौता

२०७६ भाद्र १८ गते

बैंकिङ खबर । एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी QR मार्फत् वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन किन्दा एन आई सी एशिया बैंकको मोबाइल बैंक (QR) मार्फत् भुक्तानी गर्दा १०% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन खरिद गर्दा भने ५% क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र १८ देखि आश्विन १ गते सम्मका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गर्नुभयो ।

हाल सम्म यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ । करिब १८ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु उत्साहप्रद रहेका छन् ।

Ad