Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रोल्पा पुग्यो सरकारको पशु बीमा कार्यक्रम

admin २०७३ असार ७ गते
सेयर:

insuranceरोल्पा जिल्लामा पनि पशुबीमा कार्यक्रम शुरु भएको छ । पशु मर्दा किसानलाई आर्थिक रूपमा हुने ठूलो क्षति कम गर्न र पुनः पशुपालनमा प्रेरित गर्ने उद्देश्यले सरकारले ल्याएको पशु बीमा कार्यक्रम अन्तरगत सो कार्यक्रम शुरु भएको हो । बीमा गरेका पशु मरेमा सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको छ ।

रोल्पामा नेशनल इन्स्योरेन्स कम्पनीले पशु बीमा गर्ने जिम्मा लिएको  छ । नेशनल इन्स्यारेन्सले गत मंसिरदेखि जिल्लामा पशु बीमा गर्ने काम शुरु गरेको हो । पशु बीमा कार्यक्रम लागू भएपछि हालसम्म रोल्पामा १ हजार २ जना किसानले पशु बीमा गराएका छन् । बीमा गराएका पशुहरूमध्ये बाख्रा ९ सय २२, गाई २४, भैँसी १६, भेडा ३, बङ्गुर ८, गोरु १६ र राँगा १३ ओटा रहेका छन् । बीमा गराउनेहरु धेरैजसो लिबाङ, ह्वामा, जिनाबाङ, कुरेलीलगायतका किसानहरु रहेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।