Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैक र एनविआईबीच सम्झौता

२०७६ भाद्र १५ गते

 

बैंकिङ खबर । नेपाल बैंक लि.(नेवैलि ) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । एन.बी.आईले नेपाल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गर्नुभयो । बैकिङ जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको नेपाल बैंक लिमिटेड बीच भएको यस समझदारीबाट बैकको मानव पुंजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ । उक्त समारोहमा बैंकको मानव श्रोत व्यवस्थापन विभागका प्रमुख दिपेन्द्र राज काफले र नेपाल बैक लिमिटेडका प्रेस संयोजक मुकुन्द अर्याल , बैकका प्रमुख कार्यकारी अधिकृत सचिवालयका राज कुमार पण्डित लगायतको उपस्थिति थियो ।

Ad