बैंकिङ खबर । प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका प्रमुख राजनराज पाण्डेले एक समारोहका बीच छेपेटार शाखाको उद्घाटन गरेका छन् ।
बैंकको छेपेटार शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।