Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फोर्स मर्जर नीति आउँदै, कम्जोरलाई बलियोमा गाभ्ने राष्ट्र बैंकको योजना

२०७६ भाद्र ११ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कमजोर बैंकलाई मजबुत बैंकसँग मर्ज गराउने भएको छ । यसका लागि निर्देशनअनुसार मर्जर प्रतिवद्धता बुझाएका बैंकहरुसँग मर्जरसम्बन्धमा भएको प्रगति विवरण माग्ने राष्ट्र बैंकको योजना छ ।

मर्जर प्रतिवद्धता बुझाए तापनि मौद्रिक नीतिमा भएको सहुलियतले चित्त नबुझेपछि बैंकहरु मर्जरको प्रक्रिया अघि नबढाई बसेका छन् । ती बैंकहरुलाई प्रतिवद्धता अनुसार मर्जर प्रक्रिया अघि बढाउन निर्देशन दिने योजना राष्ट्र बैंकले बनाएको छ ।

फोर्स मर्जरको रणनीति अपनाउँदै
भदौसम्ममा पनि बैंकहरुले आफैँ मर्जर प्रक्रिया अघि नबढाएर राष्ट्र बैंकले फोर्स मर्जर नीति अपनाउनेछ । क्रशहोल्डिङ भएका बैंकलाई मर्जर गराउन विवरण मागिसकेको राष्ट्र बैंकले अब कमजोर र बलिया बैंकहरुको सूचि तयार पारिसकेको छ । राष्ट्र बैंकले सीआरआर, सीसीडी, क्यापिटल एडुकेसी रेसियो, क्यापिटल चार्ज, निक्षेपको विविधीकरण, ऋणको गुणस्तर, इनसाइड र आउट साइड सुपरिभिजन रिपोर्ट लगायतका आधारमा विश्लेषण गरेर कमजोर र बलिया बैंकको सूचि बनाएको छ । स्वतस्फूर्त रुपमा रुपमा मर्जरमा नगए केन्द्रीय बैंकले कमजोर र बलिया बैंकलाई मर्जरमा जान निर्देशन दिने तयारी गरिरहेकोम छ ।