Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

तीन अर्बमाथि नाफा कमाउने यी अब्बल बैंकहरु

२०७६ भाद्र ३ गते

बैंकिङ खबर । गत आर्थिक वर्षमा सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकबाहेक सबै वाणिज्य बैंकहरुले एक अर्बमाथि नाफा कमाएका छन् । राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा मात्रै पाँच अर्बमाथि रहेको छ भने कृषि विकास बैंक र नविल बैंकको नाफा चार अर्ब नाघेको छ । यसबाहेक, तीन वटा बैंकको नाफा तीन अर्बमाथि रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको हो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ६१ करोड ७३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले एक खर्ब ९० अर्ब तीन करोड १४ लाख निक्षेप संकलन गरी एक खर्ब ४४ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले निक्षेप संकलन गर कर्जा प्रवाहमा क्रमशः १५.७२ र २३.०३ प्रतिशतले वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानी १२.२४ प्रतिशतले बढेर १० अर्ब २२ करोड ९५ लाख पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ रहेको छ । खराब कर्जा ३.९० प्रतिशत रहेको बैंककोे आधार ब्याजदर ५.५० प्रतिशत, कोषको लागत ३.५२ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.२० प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.४६प्रतिशत र सीसीडि ७२.७८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक
कृषि विकास बैंकले चार अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १९ प्रतिशत बढी नाफा कमाएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार, बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ३१ करोड रहेको छ । बैंकको चुक्ता पुंजी १४ अर्ब ४४ करोड रहेको छ । एक खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी एक खर्ब १० अर्ब रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा ७.६१ प्रतिशतले बढेर सात अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा २.९० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ९.१६ गुणा, प्रतिशेयर नेट वर्थ ३१४.१८ रुपैयाँ, प्रति शेयर आम्दानी ४४.६७ रुपैयाँ, आधार ब्याजदर १०.५८ प्रतिशत, कोषको लागत ७.४१ प्रतिशत, स्प्रेड दर ४.६८, पुँजी पर्याप्तता अनुपात २०.३३, तरलता २८.९६ र सीसीडि ७८.७२ रहेको छ ।

नविल बैंक
नबिल बैंकले चार अर्ब २९ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ७.८४ प्रतिशत बढी हो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी १७.१५ प्रतिशतले बढेर सात अर्ब ३३ करोड ६० लाख पुगेको छ । हाल बैंकको चुक्ता पुँजी नौ अर्ब एक करोड १८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष नौ अर्ब ३३ करोड २३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा बैंकले एक खर्ब ६४ अर्ब ३७ करोड ६० लाख निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब २० करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप संकलन २१.९३ प्रतिशत र कर्जा प्रवाह १८.५४ प्रतिशतले बढेको हो । खराब कर्जा ०.७४ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १६.७९ गुणा, प्रतिशेयर नेटवर्थ दुई सय ५८ रुपैयाँ ०६ पैसा, प्रति शेयर आम्दानी ४७ रुपैयाँ ६५ पैसा, आधार ब्याजदर ८.०९ प्रतिशत, कोषको लागत ६.१३ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १२.७१ प्रतिशत र सीसीडि ७२.९ प्रतिशत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
अघिल्लो आर्थिक वर्षको तुलनामा घटेपनि नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ रहेको छ । निष्कृय कर्जामा भएको वृद्धिको करण बैंकको आम्दानीमा वृद्धि भएपनि मुनाफा करिब २४ करोडले घटेको हो । बैंकले निक्षेको जोखिम तथा अन्य रिजर्भर लोन लस प्रोभिजनमा एक अर्ब राखेका कारण पनि नाफा घटेको हो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ३९ करोड छ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख निक्षेप संकलन गरी एक खर्ब २३ अर्ब १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप ९.३८ र कर्जा लगानी ३.९५ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी ५.१८ प्रतिशतले बढेर छ अर्ब १५ करोड ३१ लाख पुगेको छ । बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० अर्ब ९५ करोड ५३ लाख रुपैयाँ रहेको छ । निष्कृय कर्जा २.७८ प्रतिशत पुगेको छ । यस्तै बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ९९ रुपैयाँ ७८ पैसा, प्रति शेयर आम्दानी २६ रुपैयाँ ५४ पैसा, आधार ब्याजदर ८.३३ प्रतिशत, कोषको लागत ६.३१ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १३.६५ प्रतिशत र सीसीडि ७१.९७ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकको मुनाफा १२९ प्रतिशतले बढेर तीन अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको थियो । अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । एनआईसी एसियाका अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ । कुल आम्दानी ७७ प्रतिशतले बढाएर ९ अर्ब ५१ करोड पुर्याएको छ भने मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ६५ प्रतिशतले बढाएर ६ अर्ब ६९ करोड आर्जन गरेको छ । त्यस्तै बैंकको संचालन मुनाफा १३९ प्रतिशतले बढेर ४ अर्ब ५८ करोड पुगेको छ । शाखा बिस्तार गरि कारोबार बिस्तारमा आक्रामक बनेको एनआईसी एसियाले यसअवधिमा १९ प्रतिशतले बढाएर १ खर्ब ८० अर्ब ५८ करोड निक्षेप संकलन गरेको छ। जसमा २५ प्रतिशतले बढाएर १ खर्ब ५० अर्ब कर्जा लगानी गरेको छ। यसअवधिमा बैंकको वासलातको आकार २ खर्ब १७ अर्ब ७० करोडको पुगेको छ । यसअवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ८३ करोड छ भने जगेडा कोषमा ३ अर्ब ८८ करोड छ। त्यस्तै प्रति सेयर आम्दानी १०८ प्रतिशतले बढेर ३४ रुपैयाँ ५६ पैसा पुगेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आर्थिक वर्षमा तीन अर्ब चार करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा १७.९९ प्रतिशतले बढेको हो । अपरष्कृत वित्तीय विवरणअनुसार, बैंकको वितरणयोग्य मुनाफा भने दुई अर्ब १८ करोड रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी आठ अर्ब १० करोड रहेको छ । एक खर्ब २९ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी एक खर्ब चार अर्ब रहेको छ । यस अवधिमा बैंकको जगेडा कोष नौ अर्ब ५२ करोड रहेको छ । बैंकको ब्याज आम्दानी अधिल्लो बर्षको तुलनामा १५.७५ प्रतिसतले बढेर पाँच अर्ब ६३ करोड पुगेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १७.७२ गुणा, प्रतिशेयर नेट वर्थ २१७.५२ रुपैयाँ, प्रति शेयर आम्दानी ३७.५७ रुपैयाँ, ब्याजदर अन्तर (स्प्रेड रेट) ४.२९ प्रतिशत, आधार ब्याजदर ८.१२ प्रतिशत, कोषको लागत ६.२१ प्रतिशत ,पुँजी पर्याप्तता अनुपात १३.७५, र सीसीडि ७५.०७ प्रतिशत रहेको छ ।