बैंकिङ खबर । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा २०७६ सालभाद्र १गते विरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री श्रवणकुमार अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५मा१ अर्ब३७ करोड१६लाख ९४ हजार ७सय ४० रुपैया प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष अग्रवालले साधारण सभा मार्फत जानकारी गराउनुभयो । आ.व. २०७४/७५मा कम्पनीले रु. १६ करोड २२ लाख १५हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको छ । यस भन्दा अघि कम्पनीको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२हजार पुग्ने कम्पनीले जानकारी गराएको छ ।