Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खुल्यो नेशनल हाइड्रोको ताला : कर्मचारी र व्यवस्थापनबिच भयो यस्तो सहमति

२०७३ असार ६ गते

nationalनेशनल हाइड्रोका कर्मचारीहरुले सुरु गरेको आन्दोलन सकिएको छ । सरकारले तलब वृद्धि गरेपछि सुरु भएको आन्दोलन ब्यवस्थापनसँगको सहमतिमा समाप्त भएको बताइएको छ । कर्मचारीहरुको तलब ४० प्रतिशत बढाईएपछि कर्मचारीहरुले आन्दोलन सुरु गरेका थिए । व्यवस्थापनसँगको सहमतिमा कर्मचारीहरुले काठमाडौस्थित केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेको बताइएको छ ।

यस्तो भयो सहमति
कर्मचारीहरुलाई बर्षेनी ग्रेड दिने, जोखिमपूर्ण काम गर्ने कर्मचारीहरुलाई २० प्रतिशत भत्ता बढाउने र सबैको बिमा गर्ने सहमति भएपछि कर्मचारीहरुले आन्दोलन समाप्त गरेका हुन् । सिन्धुपाल्चोकमा साढे ७ मेगावाटको बिद्युत आयोजना संचालन गरिरहेको कम्पनीका ७ हजार शेयरधनी छन् ।