बैंकिङ खबर । सनराइज बैंकले पोखराको बुढीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मान बहादुर जि.सी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरे ।
यससँगै बैंकको शाखा संख्या १२० र एटिएम १३८ पुगेको छ । यसबाहेक, बैंकका ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र ५ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।