Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिटिजन्स बैंकले निष्काशन गर्यो पौने २ अर्बको हकप्रद शेयर

२०७३ असार ५ गते

citizensसिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले ५५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । बैकले चुक्तापूँजी वृद्धिका लागि १०ः५.५ को अनुपातमा १ अर्ब ७१ करोड रुपैंयाँ बारबरको १ करोड ७१ लाख १८ हजार १ सय ६३ कित्ता हकप्रद शेयर निष्कानका गरेको हो । अहिले बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख रुपैंया रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब ७७ करोड रुपैंया पुग्ने छ ।

शेयर निष्काशनका लागि बैंकले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा यहि असार ५ गतेदेखि आगामी श्रावण ९ गतेसम्म आवेदन दिन पाईनेछ । गत जेठ २४ गतेसम्म  कायम बैंकका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटल तथा बैंकका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।