Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बमबहादुर मिश्रको बढुवा

२०७६ श्रावण २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्र्यौट विभागका बमबहादुर मिश्र कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले मिश्रलाई कामु कार्यकारी निर्देशकबाट बढुवा गरेको हो ।

उनले झन्डै १७ वर्षअघि राष्ट्र बैंकमा सुपरीवेक्षण विभागको सहायक निर्देशकका रुपमा प्रवेश गरेका थिए । बिदेशी विनिमय र ट्रेड फाइनान्समा उनको बिशेष दखलता रहेको छ ।