Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजको भद्र सहमति खारेज हुँदै, फेरि प्रतिश्प्रधामा निक्षेप संकलन गर्ने

२०७६ श्रावण २२ गते

बैंकिङ खबर । बैंकर्स संघले डेढ बर्षदेखि निक्षेपको ब्याज दरमा गरेको सहमतिु खारेज हुने भएको छ । राष्ट्र बैंकले आम्दानी घट्ने गरी निर्देशन जारी गरेपछि निक्षेप प्रतिस्पर्धालाई बैंकहरुले खुकुलो गर्ने भएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीति लगत्तै जारी गरेको निर्देशनले बैंकिङ क्षेत्रको आम्दानी एक तिहाइ घटाउने गरी निर्देशन जारी गरेको भन्दै बैंकरले व्याजदरको भद्र सहमति तोडेर स्वतन्त्र प्रतिश्प्रर्धा गर्ने भएका छन् । यस बारेमा थप छलफल गरेर निर्णय गर्नका लागि बैंकर्स संघले आज बुधबार बैंठक बोलाएको छ ।

Ad