दिलु कार्की, बैंकिङ खबर । नेपालमा लघुवित्त संस्थाहरुको संख्या २ दर्जनमा सिमित हुने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जरमा जाने लघुवित्तलाई सहुलियत दिने घोषणा गर्नु पूर्व नै मर्जरको बाटो रोजेका कम्पनीहरुलाई राष्ट्र बैंकको सहुलियत प्याकेजले अझ बढावा दिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत मर्जर भई पुँजी बढाउने लघुवित्त वित्तीय संस्थाहरुलाई विभिन्न सहुलिय दिएर प्रोत्साहन गरेर नै लघुवित्तको संख्या घटाउने योजना बनाएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बताए । तोकिएर संख्या घटाउ भन्नु भन्दा सहुलिय दिएर मर्जरमा प्रोत्साहन गरि स्वास्थ्य रुपमा मर्जर नीतिलाई पुर्णता दिने राष्ट्र बैंकको योजना भएको उनको भनाई छ ।
लघुवित्त संस्थाहरु मौद्रिक नीतिले सहुलियत दिनु भन्दा अगाडि देखि नै मर्जरको प्रकृयामा रहेका थिए । तर पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीतिमा नै लघुवित्त संस्थाहरुलाई मर्जर भएर विकास बैंकमा स्तरोन्नति हुन सक्नेगरी नीतिगत व्यवस्थासँगै केही लघुवित्त संस्थाहरुले मर्जरका सहमति गरिसकेका छन् भने केही मर्जरमा जाने तयारीमा रहेका छन् ।
लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको योजना भन्दा अगावै मर्जरको गृहकार्य गरेर बसेको हुँदा लघुवित्तहरुलाई मर्जरमा नीति अवलम्बन गर्न कुनै समस्या नभएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द जोशीले बताए । ग्रामिण भेगमा सानो सानो क्षेत्रमा लगानी गर्ने लघुवित्तहरु मर्जर भएर दरिलो हुन चाहेको उनको भनाई छ । लघुवित्त संस्थाहरु राष्ट्र बैंकको प्रोत्साहित मर्जर नीतिमा नै मुलुकको अर्थतन्त्रमा आवश्यक पर्ने संख्यामा झर्ने उनले जानकारी दिए ।
हाल ९१ वटा लघुवित्त संचालनमा छन् भने मौद्रिक नीति सार्वजानीक हुनुपुर्व नै करिब ढेड दर्जन लघुवित्तहरुले मर्जर तथा प्राप्तीको सहमति गरिसकेका छन् । यि सस्थाहरुले राष्ट्र बैंकको कुनै दवाव बिना नै लघुवित्तहरु स्वेच्छिक मर्जरमा जान शुरु गरेका हुन् ।
सहमति गरेका लघुवित्तहरुको मर्जर प्रकृया
१. विजया लघुवित्त संस्था र स्वेडा लघुवित्त वित्तीय संस्था :
विजया लघुवित्त संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न राष्ट्र बैंकमा आवेदन दिएको छ । तर यि लघुवित्तको प्राप्ती स्वीकृती राष्ट्र बैंकले हाल सम्म दिएको छैन ।
२.सुर्यदय लघुवित्त र त्रिलोक लघुवित्त संस्था :
सुर्यदय लघुवित्त र त्रिलोक लघुवित्त संस्था पनि आपसमा मर्जर हुने भएका छन् । यि दुई संस्था मर्जर भएर सुर्यदय लघुवित्त वित्तीय संस्थाको नामले लघुसेवा प्रवाह गर्ने निश्चय गरि सैद्धान्तिक स्वीकृतीका लागि राष्ट्र बैंकमा गत अषाढ २५ गते आवेदन दिएका हुन् । राष्ट्र बैकमा यि संस्थाहरुको सैद्धान्तिक स्वीकृतीको प्रकृया चलिरहेको छ ।
३. एनआरएन लघुवित्त र रामरोशन लघुवित्त संस्था:
त्यस्तै, एनआरएन लघुवित्त वित्तीय संस्था र रामरोशन लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जर गर्न गरि सम्झौता गरिसकेका छन् । मर्जरपछि एनआरएन लघुवित्त संस्थाको नामले एकिकृत कारोबार गर्ने गरि तीन लघुवित्त संस्थाले मर्जरको सम्झौता गरेका हुन् ।
४. आरम्भ लघुवित्त र चौतारी लघुवित्त संस्था:
आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्थाले मर्र्र्र्र्जरका लागि सहमति गरिसकेका छन् । गत जेठ २२ मा मर्जरका लागि दुई वित्तीय संस्थाहरुबीच सहमति भएको थियो । मर्जर पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामले एकिकृत कारोबार गर्ने गरि सम्झौता गरेका छन् ।
५. सारथी लघुवित्त र सत्यावती लघुवित्त संस्था:
सारथी लघुवित्त वित्तीय संस्था र सत्यावती लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि सम्झौता गरिसकेका छन् । गत जेठ ६ गते मर्जरका लागि सम्झौता गरेका यी दुई संस्थाले मर्जरपछि संस्थाको नाम सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार गर्नेछन् ।
६. कालिका लघुवित्त र जनसेवी लघुवित्त संस्था:
कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले पनि मर्जरको लागि सहमति गरिसकेका छन् । गत जेठ ५ गते यी दुई संस्थाले मर्जरका लागि आपसी सहमति गरेका हुन् । मर्जरपछि जनकालिका लघुवित्त वित्तीय संस्थाको नाममा कम्पनीले कारोबार गर्ने छन् ।
७. मिरमिरे, नागबेली र किसान लघुवित्त वित्तीय संस्था:
त्यस्तै तीनवटा संस्था, मिरमिरे लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि मर्जरका लागि सहमति गरिसकेका छन् । गत बैशाख ३० गते यी संस्थाहरुबीच मर्जरका लागि सम्झौता भएको थियो । मर्जरपछि किसान लघुवित्त वित्तीय संस्थाको नामबाट संस्थाले गर्ने छन् ।
८. वोमी लघुवित्त र नागरिक लघुवित्त संस्था:
वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाबीच पनि मर्जरका लागि सहमति भइसकेको छ । यी दुई संस्थाहरुले गत फागुन २४ गते मर्जरका लागि सम्झौता गरेका थिए । मर्जरपछि वोमी लघुवित्त वित्तीय संंस्थाको नाममा एकिकृत कारोबार गर्नेछन् ।
यी सबै मर्जरका सहमति गरिसकेका लघुवित्तहरुले आर्थिक बर्ष २०७६/०७७ को मौद्रिक नीति सार्वजानीक हुनु भन्दा अगाडि मर्जर सम्झौता गरेका हुन् । अहिले त झन मौद्रिक नीतिले मर्जरमा जानेलाई सहुलियतको व्यवस्था गरेपछि सहुलियत लिएर संस्थाको स्तरोन्नतीका लागि निकै उत्सुक देखिएको जानकारहरु बताउछन् ।