बैंकिङ खबर । मुक्तिनाथ विकास बैकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौंलाई डस्टबीन हस्तातरण गरेको छ । टोखा–६, डाँफे बजार वरीपरीको सरसफाईमा ध्यानदिदैं बैंकले डस्टबीन वितरण गरेको हो ।
उक्त डस्टबीन बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका हुन् ।
हाल बैंकले देशै भरी १ सय १८ वटा शाखा, २२ वटा एटिएम. र करिब ७ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खातातथा, आकर्षक सुविधा र व्याजदरमाआवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।