Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आकर्षक सुविधा र व्याजदरमा मुक्तिनाथ विकास बैंकको आवास तथा सेयर कर्जा

२०७६ श्रावण १६ गते

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा प्रदान गर्नका लागि आवास कर्जा सञ्चालनमा ल्याएको छ । ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ भन्ने मुल नाराका साथ ल्याइएको आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिनेछ ।

यसका साथै, बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा, धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

Ad