Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पर्वतको डिमुवा र कास्कीको बिरेठाँटीमा प्रभु बैंकका शाखा विस्तार

२०७६ श्रावण १३ गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित बिरेठाँटीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । डिमुवा शाखा कार्यालयको उद्घाटन मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले र बिरेठाँटी शाखा कार्यालयको उद्घाटन अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष घनश्याम चपाईँले गरेका हुन् ।

बैंकका डिमुवा र बिरेठाँटी शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

Ad