Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता : बुबा आमाको खाता खोल्दा सन्तानको पनि बीमा

२०७६ श्रावण १२ गते
Print

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” प्रस्तुत गरेको छ । नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफैँ, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ ।

यो बचत खातामा न्यूनतम १० हजार रुपैयाँ मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् । यस खातामा रु २६ लाख सम्मको परिवारको बिमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बीमा, पूर्ण शारीरीक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि उपलब्ध गरेको छ । यस खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ ।

Ad