बैंकिङ खबर । वि.स. २०२७ साल असोज ६ गते तुप्चे गाविस तुप्चेमा पिता सेर बहादुर बखती माता मिठु बखतिको कोखबाट जन्म लिएकी जमुना आचार्य । नुवाकोट विदुर ८ माझिगाउँको मध्यम वर्गीय परिवारमा हुर्किएकी उनलाई आफ्नो तथा परिवारको सामान्य आवश्यकता टार्न पनि गाह्रो थियो । उनको विवाह सोहि क्षेत्रका गणेश आचर्यसँँग भयो । केही समयमा नै उनी छोराको आमा भइन् । खाने मुख बढेपछि परिवार चलाउन झन् गाह्रो भयो ।
व्यवसायको सुरुवात
उनले आफ्नो परिवारको सहयोगमा वि.स. २०६८ सालमा फर्निचरको व्यवसाय शुरु गरिन । शुरुवाती दिनहरुमा फर्निचरको व्यवसाय संचालन गर्न लगानी रकमको अभावमा उनीले धेरै अप्ठ्यारा स्थितिहरुको सामना गर्नु परेको थियो । व्यवसायलाई निरन्तरता दिन कर्जाको लागि कुनै पनि वित्तीय संस्था र व्यक्तिहरुले विस्वास नगरेको तितो अनुभव उनीसंग छ ।
लघुवित्तको प्रवेश
करिब ६ बर्ष अगाडि २०७० साल काक्तिक ४ गते उनको घरगाँउमा नै आएर मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाका सदस्यहरुले आफ्नो समुहमा सहभागी गराए । समुहमा आवद्ध भए पश्चात उनलाई संस्थाले उनलाई सामुहिक जमानीमा १ लाख रुपैयाँ कर्जा उपलब्ध गरायो । संस्थाबाट उद्यमी कर्जा लिएर उनले औजार तथा कचा सामानहरु खरिद गरि फर्निचरको व्यवसायलाई मजबुत बनाईन् ।
व्यवसाय विस्तार
कर्जाको सहि सदुपयोग गरि आफ्नो व्यवसायलाई विस्तार गदै लैजाने क्रममा दाश्रो पटक पनि उनले एक लाख २५ हजार रुपैया कर्जा लिई र आफूसँग भएको केहि रकमले व्यवसायको आकारमा वृद्धि गरिन् ।
बेरोजगारलाई रोजगारी
आफुसंगै अरु बेरोजगारलाई पनि रोजगार दिने सानैदेखिको सपना थियो उनको । २ स्थानमा आफ्नो व्यवसाय विस्तार गरि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० जनालाई रोजगार दिएर उनले आफ्नो सपना पनि पुरा गरिन् ।
उनको फर्निचरको व्यवसायलाई श्रीमानको मृत्यु पश्चात छोरा रोशन आचर्यले उनीलाई व्यवसाय संचालनमा पुर्ण सहयोग गरिरहेका छन् । ‘गरिब भएर जन्मनु पाप होईन, गरिब भएरै मर्नु भने पाप हो’ भन्ने धारणा उनको रहेको छ । आफ्नो धारणा र लक्ष्य अनुसार उनीहरुले सफलता हात पारिरहेका छन् । फर्निचर व्यवसायलाई आमा छोराले अहिलेको आधुनिक फर्निचर उत्पादनको रुपमा बिस्तार गर्दै लगेको छन् ।
नयाँ व्यवसायहरुको पनि सुरुवात
हाल उनीहरु सफल व्यवसायीको रुपमा आफ्नो चिनारी बनाउँदै छन् । नयाँ व्यवसायमा उनीहरुले कुखुरापालन, ब्लक उत्पादन, फर्निचर सोरुम, कपास तथा सिरक डस्ना बनाउने मेसिन समेत संचालन गरिरहेका छन् ।
मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाबाट सुलभ कर्जा पाएर व्यवसाय विस्तार गर्दै उत्साहित भएकी जमुनाले यसै संस्थाबाट हाल ६ लाख रुपैयाँ कर्जा लिँदा ब्याज समेत छुट पाएकी छिन् । साथै फर्निचरका सामान बनाउँदा प्रयोग हुने हाते मेसिन उपहार स्वरुप संस्थाबाट पाउँदा उनको खुसीले सीमा नाघेको छ ।
श्रीमानको मृत्युपछि एक्लै व्यवसाय संचालन गर्दा र अहिले सफल उद्यामी तथा व्यवसायी हुँदा समाजले उनलाई हेर्ने दृष्टिकोण फरक भएको जमुनाको भनाई छ । उनी भन्छिन् ‘‘ रहन–सहन, घर–आँगन र समग्र आर्थिक अवस्था फेरिएकोले समाजको हेर्ने नजर पनि फेरिएको छ ।’’ आफ्नो समग्र आर्थिक अवस्थालाई उकास्न ईमान्दारिता र मिहेनतिहरुलाई सदैव साथ दिने मेरो माइक्रोफाईनान्सलाई उनले धन्यवाद दिएकी छिन् । संस्थाले आफुलाई उद्यमी बनाउन पुर्याएको योगदानबाट आफ्नो मनोबल उच्च रहेको आगामि दिनमा एउटा सफल उद्यमि बन्नेमा उनी ढुक्क छिन् ।
प्रस्तुती : सुसन श्रेष्ठ, शाखा प्रबन्धक, बट्टार,नुवाकोट