Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ र युनिभर्सल डेभलपमेन्टको एकीकृत कारोबार मंगलबारदेखि

२०७३ असार ३ गते

siddhartha bankसिद्धार्थ बैंक र बिजिनेश युनिभर्सल डेभलपमेन्ट बैंकबीच मर्ज पुरा भएर आगामी मंगलबारदेखि एकीकृत कारोबार सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्ज सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताइएको छ । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाउँदा सिद्धार्थको १०० कित्ता कायम हुने र बिजिनेश युनिभर्सलका लगानीकर्ताले १०० कित्ता बराबर सिद्धार्थको ५५ कित्ता शेयर पाउने गरी स्वाप रेसियो कायम भएको छ । दुबै बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्तापूँजी ३ अर्ब ३ करोड हुनेछ ।