Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग बीच सम्झौता

२०७६ श्रावण १० गते

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बिरगंजको द हबि अटो ट्रेडिङ्ग प्रालीबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंकका सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्गका अध्यक्ष उमेश नारायण मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध इस्र्कार्ट कम्पनीको xtreme ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ्खबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा अधिकतम ७० प्रतिशतसम्म कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट यो कर्जा उपलब्ध रहेको छ ।

Ad