यस साता नेपाल स्टक एक्सचेन्जमा ९ अर्बमाथिको कारोबार भयो । साताभरमा १ सय ४९ वटा कम्पनिको १ करोड ५२ लाख ९३ हजार ९ सय ७० कित्ता शेयर ३४ हजार ६ सय १० पटक खरिदविक्रि हुँदा कुल ९ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम गत साताको भन्दा ३५.८६ प्रतिशतले बढी हो । गत साता १ सय ४९ वटा कम्पनिको ९२ लाख ४५ हजार ७ सय कित्ता शेयर २९ हजार ८ सय १२ पटक खरिदविक्रि हुँदा ६ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ३४.९८ अंकले बढेर अन्तिम दिन १ हजार ६३२.९४ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिभ इन्डेक्समा पनि पहिलो दिनको तुलनामा ६.६८ अंकले बढेर ३५२.६३ अंकको बिन्दुमा पुगी कारोबार बन्द भएको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ जसको रकम रहेको ७८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्स्योरेन्सको संस्थापकको ४९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ४३ करोड ६८ लाख रुपैयाँ, एभरेष्ट बैंकको ३८ करोड ६१ लाख रुपैयाँ र रुलर माइक्रोफाइनान्स डेभलपमेन्टको २७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेडको अग्रस्थानमा रहेको छ जसको ३५ लाख ५ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा २ हजार ६ सय ८० वटा कारोबार हुदै नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ ।
कुमारी बैकको बोनस शेयर २६ लाख ७२ हजार ५२ कित्ता, नेरुडे लघुवित्त विकास बैंककोे बोनस शेयर ५ लाख ५० हजार कित्ता, एनएमबि माइक्रोफाइनान्सको बोनस शेयर ६० हजार कित्ता, ज्योति विकास बैंकको बोनस शेयर ७ लाख ६२ लाख ५ सय ३ कित्ता, माउण्ट मकालु विकास बैंकको बोनस शेयर ६० हजार कित्ता र एकता विकास बैंकको बोनस शेयर २ करोड ७७ लाख ४ सय कित्ता नेप्सेमा सुचीकृत भएको छ ।



