बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीति सन्तुलित भएको सारोकारवाला व्यक्तिहरुले प्रतिक्रिया दिएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले समग्र देशको अर्थतन्त्रलाई सहयोग गर्ने गरि मौद्रिक नीति आएको बताएका हुन् । मौद्रिक नीतिमाथि प्रतिक्रियामा उनले राष्ट्र बैंकबाट लिने पुर्नकर्जामा व्याजदर घटेको बताउँदै बैंकले अन्त लगानी गर्नेमा पनि विभिन्न कर्जामा घटेको उल्लेख गरेका छन् । समग्र देशको अर्थतन्त्रलाई सहयोग गर्ने गरि मौद्रिक नीति केन्द्रिय बैंकले ल्याएको उनले दाबी गरेका हन् ।
यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सार्वजानीक मौद्रिक नीति सन्तुलित मौद्रिक तथा सबै क्षेत्रको माग लाई पुरा गरेको बताएका छन् । सार्वजानीक मौद्रिक नीतिले तरलता व्यवस्थापनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘वाणिज्य बैंकहरुको स्प्रेडदर र व्याजदर पनि घाटाइएको छ, उनले भने, ‘यसले बैंक आम्दानी केही अवश्य खस्केला तर हामी यसलाई व्यवस्थापन गछौं ।’ मौद्रिक नीतिले बैंक, बीमा लगायत वित्तीय क्षेत्र, निक्षेपकर्ता, ऋणीहरु र सरकारले लिएको नीतिलाई समेत सहयोग गर्ने गरि आएको उनले उल्लेख गरे । नयाँ मौद्रिक नीतिले विगतको समस्याहरुलाई समाधान गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जाने वातावरण सृजना गरिदिएको उनको धारणा छ । बैंकहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिएकोले मौद्रिक नीति समग्रमा सन्तुलित देखिएको उनको भनाई हो ।
यसैगरि नेपाल डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले मर्जरको बारेमा वाणिज्य बैंकहरु तथा लघुवित्तहरुलाई छुट दिने विषयमा सन्तुष्टी व्यक्त गरेका छन् । ‘फोर्स फुल मर्जरको चर्चा चलेको थियो तर मौद्रिक नीतिमा त्यो कुरा आएको जस्तो मलाई लागेन’ उनले भने ‘स्प्रेडदर वाणिज्य बैंकहरुमा ०.१ प्रतिशतमात्रै घटाईएको छ । यसबाट खासै समस्या आउला जस्तो लाग्दैन ।’ मर्जरकालागि बैंकहरु आफ्नो आवश्यकता अनुसार जानु उनले बताए । त्यसैकारण बैंकहरु मर्जरमा जाँदा राम्रो हुने उनको विचार हो । उनी भन्छन्, ‘मर्जरमा जाने बैंक तथा वित्तीय सँस्थाहरुका मूख्य पदका कर्मचारीहरुलाई कुलिङ पिरियडको हटाइएको छ, यो सकारात्मक कुरा हो । त्यो बाहेक प्राथमिकताको क्षेत्रमा कर्जा, स्पिेड रेटलाई २०७७ देखि २०७८ सम्म दिएको छ । यो आफैँमा राम्रो कुरा हो ।’
यस्तै, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएकी छिन् । उनले राष्ट्र बैंकले सर्भिस चार्जहरुमा सहुलियत ०.२५ भन्दा बढि लिन नपाउने भन्ने घोषणा गर्नु सकारात्मक भएको उल्लेख गरिन् । उनले भनिन्, ‘राष्ट्र बैंकको यो निर्णयले व्याजदरको समस्या सामाधान गर्न मद्दत गर्छ ।’ समग्रमा मौद्रिक नीतिले नीजिको सुझाव पुर्ण रुपमा नसमेटेको उद्योगी व्यवसायीहरु गुनासो छ ।