बैंकिङ खबर । २०७२ सालको भूकम्पबाट प्रभावित लाभग्राहीलाई प्रदान गरिने सहुलियत दरको ऋणको बारेमा युके एडको सक्षम ( एक्सेस टु फाइन्यान्स कार्यक्रम ( ले धादिङमा तीन दिने जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम असार ३१ देखि श्रावण २ सम्म क्रमशः ज्वालामुखी गाउँपालिका, नीलकण्ठ नगरपालिका तथा धुनवेशी नगरपालिकामा भएको थियो ।
उक्त जनचेतना कार्यक्रयका तीनओटै फरक फरक कार्यक्रमहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वैदेशिक सहायता संयोजन शाखाका प्रमुख दिव्य राज पोखरेल तथा प्राधिकरणकै बैंकिङ संयोजन विशेषज्ञ नमिता पौडेल दुवैको सहभागिता रहेको थियो ।
धादिङबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद खेम प्रसाद लोहनी ज्वालामुखी गाउँपालिकामा भएको कार्यक्रमका प्रमुख वक्ता थिए । साथै गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना, उपाध्यक्ष जानुका सिंखडा तथा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रतिनिधि आनन्दराज पाण्डे अन्य वक्ता थिए ।
नीलकण्ठ नगरपालिकामा भएको कार्यक्रमका वक्ताहरूमा जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, नगरपालिकाका उप(मेयर मानराज भण्डारी, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका धादिङका परियोजना प्रमुख जयराम श्रेष्ठ अन्य वक्ता थिए ।
धुनवेशी नगरपालिकामा भएको कार्यक्रमका नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उप(मेयर निरु खरेल तथा नगरपालिकाकै सुजनराज खनाल उपस्थित थिए । सो कार्यक्रममा मेयर बालकृष्ण आचार्यले सभापतित्व गर्नु भएको थियो ।
सहुलियत ऋणका विविध पक्षका बारेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पोखरेल तथा पौडेलले संयुक्तरूपमा प्रस्तुति गरेका थिए । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया, त्यसको लागि आवश्यक पर्ने विभिन्न कागजातहरू लगायतका बारेमा व्याख्या गरिएका पर्चाहरू सक्षमले जारी गरेको थियो । सो अवसरमा आवास पुनर्निर्माण आयोजनाका प्रमुख विभु प्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वको बारेमा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रमहरूमा सम्बन्धित गाउँरनगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, उक्त क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा प्रमुखहरू, तथा लाभग्राहीको सहभागिता रहेको थियो । प्राधिकरणका प्रतिनिधिहरू तथा सक्षमका अर्यालले कार्यक्रममा आएका जिज्ञासाहरूको उत्तर दिएका थिए ।
युके एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम सक्षम ( एक्सेस टु फाइन्यान्स नेपाल तथा संयुक्त अधिराज्यका सरकारबीच भएको सम्झौता बमोजिम कार्यान्वयन भैरहेको छ । यस कार्यक्रमको कार्यान्वयन लुइस बर्जरले स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा गरिरहेको छ ।