बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. १० स्थित चापागाउँमा आफ्नो १८८औं शाखा संचालनमा ल्याएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले शाखाको उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटनका क्रममा नगरप्रमुख महर्जनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको भन्दै उनले सफलताको कामना समेत गरे ।