July 17th, 2019

नेपाल बैंकले गर्यो पहिलो सहुलियतपूर्ण कर्जा हस्तान्तरण

बैंकिङ खबर । नेपाल बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच तानसेन नगर क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सन्दर्भमा भएको सहमतिअनुसार पहिलो कर्जा हस्तान्तरण कार्यक्रम एक समारोहकाबीच गरिएको छ । तानसेन नगरपालिका वडा नं. ८, मदनपोखरा, शिखरडांडा, पाल्पामा लम्साल गाई भैंसी फर्मको नाउँमा गाई भैंसी पालन गर्दै आएका किसान श्रवण कुमार लम्साललाई व्यवसाय प्रबर्धन गर्न बिनाधितो बैंकले पांच लाख रुपैंया सहुलियतपुर्ण कर्जा प्रदान गरेको हो ।

नेपाल बैंक लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सुरज घिमिरे र नगर प्रमुख अशोक कुमार शाहीले किशानलाई कर्जा प्रस्ताव सहमतिपत्र संयुक्त रुपमा हस्तान्तरण गरी औपचारिक रुपमा सहुलियतपूर्ण कर्जाको उद्घाटन गरेका थिए ।

युवाहरुलाई देशमै आत्मनिर्भर बनाउन र समग्र तानसेनको समृद्धिका लागि बैंकसँगको सहकार्यले थप टेवा पुग्ने कुरा कार्यक्रमका सभाअध्यक्ष तथा नगरप्रमुख अशोक कुमार शाहीले बताए ।

सोही कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रबन्धक सुरज घिमिरेले बैंकले उत्पादन मुलक क्षेत्रमा कर्जा प्रर्वाह गर्दा समग्र बैंकिग क्षेत्रकै विकास र स्थायित्व हुनसक्ने भएकाले नेपाल बैंकले कृषि, पर्यटन जस्ता उत्पादन मुलक क्षेत्रमा लगानीका लागि जोड दिने र यस किसिमको कार्यक्रम अन्य स्थानीय निकायसंग समेत सहमति गरी अगाडि बढाउन बैंक आतुर रहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]