Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंक र विराटनगर अस्पताल बिच स्वास्थ्यसेवा सम्झौता

२०७६ असार २७ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रा.लि बीच स्वास्थ्य सेवा शुल्कमा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका कर्मचारीहरुले विराटनगर अस्पतालमा उपचार गराउदाँ विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्नगरि सो सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील परियाले हस्ताक्षर गरेका छन् ।

कर्मचारीहरुसंगै बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एनआईसी एसियाको हालसम्म मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

Ad