Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पर्वतको डिमुवामा कामना सेवा विकास बैंककोे कारोबार शुरु

२०७६ असार २६ गते

बैंकिङ खबर । कामना सेवा विकास बैंक लिमिटेडले पर्वतको डिमुवामा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको मोदी गाउँपालिका–६ स्थित डिमुवामा बुधबार आफ्नो ९२ औँ शाखा विस्तार गरि कारोबार शुभारम्भ गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यता, गाउँपालिकाका उपाध्यक्ष सेती महत, वडा अध्यक्ष्य विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा सो शाखाको कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत प्रतिवद्धता जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा ९२ वटा शाखा तथा ४४ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्नुका साथै बैंकले एबिबिए, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Ad