बैंकिङ खबर । नागरिक लगानी कोषको नागरिक लगानी कोष कर्मचारी बचत बृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी कनेक्ट आइपिएस प्रणालीमार्फत हुने भएको छ । यसका लागि कोषले हिमालयन बैंकसँग नेपाल क्लियरिङ हाउसका पदाधिकारीहरुको उपस्थितीमा सम्झौता गरेका छन् । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमन नेपाल र बैंकका कार्यकारी संचालन अधिकृत मृगेन्द्र प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात नागरिक लगानी कोष कर्माचारी बचत बृद्धि अवकाश कोषको (८०%) कर्जा भुक्तानी कनेक्ट आईपिएसबाट सोझै गर्न सकिनेछ । कनेक्ट आईपिएस प्रणालीमा आबद्ध ५० वटै बैंकका खाताबाट कर्जा भुक्तानी गर्न सकिने छ । उक्त भुक्तानी संकलन हिमालयन बैंकमा हुनेछ ।
यसका लागि ऋणीले कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा आफूलाई आबद्ध गराई सदस्य बैंकमा रहेको खातालाई लिंक तथा भेरिफाई गराउनुपर्नेछ । कनेक्ट आईपिएसको वेभसाइटमा गई नागरिक लगानी कोष भुक्तानीलाई छनोट गरी मागिएको आवश्यक विवरण भरेपछि आफ्नो खाताबाट सोझै भुक्तानी गर्न सकिनेछ ।