Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सप्तरीको कल्याणपुरमा सनराइज बैंकको शाखा विस्तार

२०७६ असार २२ गते

बैंकिङ खबर । सनराइज बैंकले सप्तरीको खडक न.पा. वडा नं. ०७ स्थित कल्याणपुरमा ११३औँ शाखा संचालनमा ल्याएको छ । आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर मो. हेमायु हँक र संचालक समितिका सदस्य ईं बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

सनराइजले ११३ शाखा बाहेक ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad