Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीले सुजुकी ड्राइभिङ स्कुलमा छुट पाउने

२०७६ असार २२ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकले ललितपूरको सुजुकी ड्राइभिङ स्कुलमा छुट पाउने भएका छन् । यससम्बन्धमा स्कुल र बैंकबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार, बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकहरुले ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्युआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्नेछन् । क्युआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा बैंकको डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरेका थिए ।

Ad