July 5th, 2019

कुन देशबाट कसरी सुरु भयो लघुवित्त कार्यक्रम ?

बैंकिङ खबर । माइक्रोफाइनान्सकोे विकास बङ्लादेशबाट भएको हो । माइक्रोफाइनान्सलाई पहिला पहिला माइक्रोक्रेडिट वा लघु कर्जा भन्ने गरिन्थ्यो । माइक्रोक्रेडिटमा क्रेडिट मात्र आउँदथ्यो । माइक्रोक्रेडिट माइक्रोफाइनान्समा विकास भएपछि बचत, कर्जा, रेमिट्यान्स र माइक्रो इन्स्योरेन्स सेवा समेत प्रदान गर्न सुरु गरिएको छ ।

लघुवित्त कार्यक्रमको सुरुवातको श्रेय बंगलादेशका प्रोफेसर मोहमद युनुसलाई जान्छ । उनले ग्रामीण मोडेलको लघुवित्त कार्यक्रम १९७० को दशकमा सुरु गरेका थिए । बंगलादेशमा यो मोडेल सफल भएपछि यसको प्रयोग विश्वव्यापी रुपमा हुँदै गएको पाइन्छ । यसका लागि युनुसले सन् २००६ को नोवेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए । ग्रामीणबाहेक लघुवित्तका थुप्रै मोडेलहरु पनि आए । तर, हाल पनि यही मोडेल बढी लोकप्रिय र सफल रहेको छ ।

कसरी आयो आईडिया ?
प्रो. युनुस बंगलादेशको जोब्रा भन्ने गाउँमा सन् १९७६ मा विद्यार्थीहरुसँग अध्ययन भ्रमणमा गएका थिए । त्यहाँ उनले सुफिया भन्ने महिला बाँसको काम गरिरहेको पाए । सुफियाले बाँस किन्न स्थानीय साहुसँग १० प्रतिशत प्रति हप्तासम्म व्याज बुझाउने गरी ऋण लिनुपथ्र्यो । उनले कमाएको सबै पैसा व्याज बुझाउनमै खर्च हुन्थ्यो । प्रो. युनुसको मनमा सुफिया र उनी जस्ता व्यक्तिहरुको मुहारमा मुस्कान ल्याउन नसक्ने शिक्षा बेकामको हुन्छ भन्ने लागेर सहयोग गर्ने विचार आयो । उनले आफ्नो व्यक्तिगत ८५६ टाका ४२ जना बाँसको काम गर्ने महिलाहरुलाई विना व्याजमा लगानी गरे । यसको परिणाम राम्रो आयो । सबैले ऋण रकम समयमै भुक्तानी गरे । यसैबाट प्रभावित भएर १९८३ मा ग्रामीण बैंक स्थापना गरे । अहिले एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका ५० भन्दा बढी देशमा यो मोडलबाट काम भैरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]