Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकका ग्राहकलाई पोखराको चरक अस्पतालमा विशेष छुट

२०७६ असार १६ गते

बैंकिङ खबर । पोखराको चरक मेमोरियल अस्पताल प्रा.लि.मा गरिमा विकास बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । यस सम्बन्धम बैंक र अस्पतालबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार, चरक अस्पतालमा उपचार गराउँदा गरिमाका ग्राहकले सम्पूर्ण प्रकारका उपचार शूल्कमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका थिए ।

Ad