बैंकिङ खबर । एनसीसी बैंक र आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । जसअनुसार, एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।
आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।