Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मेगा बैंकको क्यूआर कोडमा व्यवसायीहरुलाई अफर

२०७६ असार ५ गते

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो ।

उक्त योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्ने बैकले जनाएको छ । किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् ।

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ ।