बैंकिङ खबर । बिगत दुई वर्षदेखि बीमा क्षेत्रले पहिलेको तुलनामा धेरै प्रगतिहरु गर्दै चर्चा पाइरहेको छ । आम जनमानसमा बीमा क्षेत्रका गतिविधिहरु, यसको महत्व र भविश्यको बारेमा सकारात्मक र नकारात्मक दुबै किसिमका चर्चा भइरहेका छन् । धेरै व्यक्तिहरुको मानसपटलमा बीमा सम्बन्धी आज पनि नकारात्मक छाप रहेको पाईन्छ । अभिकर्ता घर वा सम्बन्धी स्थानमा नै गएर हात जोडेर बीमा गर्नुस् भनेर बीमा गराए पनि बीमाको दाबी भुक्तानी भने धेरै समस्याहरु देखिन्छन् । जस कारण पनि सर्वसाधारण मानिसमा बीमा प्रति नकारात्मक भावना सृजना भएको छ । बीमा क्षेत्रका हालको अवस्था यस्ता समस्याहरु र यसको समाधानको प्रति बीमा विज्ञ तथा बीमा समितीमा पुर्व कार्यकारी निर्देशक श्रिमान कार्कीको धारणा :
श्रीमान कार्की,बीमा विज्ञ
हामीले यस क्षेत्रलाई नकारात्मक र सकारात्मक दुवै पक्षबाट हेर्नु पर्ने हुन्छ, किन भने हरेक चिजको दुई वटा पटाहरु हुन्छन् । यसको सकारात्मक पक्ष के छ भने पहिलेको तुलनामा बीमाको पहुँच, बीमाको दायरा बढेको देखिएको छ । यो धेरै देखिनुमा विभिन्न कारणहरु छन् । जसमा अनिर्वाय बीमा भन्ने गरिएकाले पनि धेरै प्रभाव परेको छ भने नयाँ बीमा कम्पनीहरु नयाँ नयाँ बीमा योजना सहित बीमा बजारमा आएका छन् । बीमाको बजार फराकिलो र प्रतिस्प्रर्धी भएको छ । यस कारणले पनि बीमाको दायरा धेरै हदसम्म बढेको छ ।
यसरी सकारात्मक पक्षहरु संगै बीमा बजारमा नकारात्मक कुराहरु पनि छन् । आज पनि बीमा प्रति मानिसहरुमा नकारात्मक धारणा रहेको पाइन्छ । केही मानिसहरुले गर्दा आम जनमानसमा नकारात्मक धारणा पैदा भएको छ । केही मानिसहरु चाहिने नचाहिने काम गरेर दावी भुक्तानी लिन सिफारीस खोज्दै ठुला नेताहरुकोमा समेत पुग्छन् । चाहिने काम गरेर नियम र प्रकृया पु¥याएर दावी लिन बीमा कम्पनी गएमा कम्पनीले दावी भुक्तानी गर्छन तर ती नचाहिने काम गरेर दावीको लागी सधै माथिल्लो तहमा सिफारीसको लागी पुग्ने मानिसहरुको कारणले गर्दा बीमा कम्पनीहरुले दावी भुक्तानी गर्दैनन् भन्ने छाप बसेको छ ।
यसका साथै अर्को कुरा के छ भने, म २४ बर्ष बीमा समितीमा काम गरेर निर्वित्त भएको छु । त्यो समयमा मैले धेरै सुनेको थिए, बीमा कम्पनीका सिइओहरु, सर्वे गर्नेहरुले र बीमा कम्पनीहरुले कल नउठाउने र उठाए पनि राम्रो संग कुरा गर्दनन् भनेर, अहिले म बीमा क्षेत्रमा आवद्ध छैन तर पनि धेरै बीमा क्षेत्रमा सम्बन्धी व्यक्तिहरुले भनिरहनु भएको हुन्छ यो क्षेत्रमा भएका समस्याहरु, सके सम्म म ती समस्याहरुको समाधान खोजिदिने गर्छु । तर केही भखरै आएका बच्चा सिइओ सापहरु मैले फोन गर्दा नउठाउने राम्रोसंग कुरा नगर्ने गर्नु हुन्छ । मेरो फोन उठाएर मबाट यो काम हुदैन म यो काम गर्न सक्दिन भन्दा के बिग्रिन्छ ? उहाँहरु संगै बसेर साथी भाई जस्तो गरेर मिलेर काम गरेको हो, उहाँहरुले मलाई यो व्यवहार गर्नु हुन्छ भने सर्वसाधारणहरु लाई राम्रो प्रतिकृया गर्नु हुन्छ जस्तो मलाई लाग्दैन ।
हामी पहिले पनि हरेक भेलामा भन्ने गथ्र्यौ, र आज पनि म भन्छु कम्तिमा तपाईहरुले पहुँच हुने व्यक्तिहरुलाई होइन्, पहुँच नभएका व्यक्तिहरु जसले फाटेको चप्पल टोपी लगाएका छन्, बोलाएर उनीहरुको कुरा सुन्दिनोस् । पहुँच भएका व्यक्तिहरुलाई त तपाई रोक्नु पनि सक्नु हुन्न । जहाँ गएर भएपनि आफ्नो काम गराएर नै छोड्छन् । यो कुराको परिवर्तन चाहिएको छ बीमा क्षेत्रमा र हामीले पटक पटक भनि पनि रहेका छौं । केही सुधार भए जस्तो त लागेको छ तर पुर्ण रुपमा सुधार हुन भने समय लाग्छ, भविश्यमा सुधार होला भन्ने आशा छ ।
अब अर्को भनेको बीमा कम्पनीहरुमा के देखिन्छ भने कम्पनी बजार व्यवस्थापनमा धेरै कर्मचारी राख्ने, मार्केटिङको लागि धैरै मान्छे चाहिन्छ भन्ने हुन्छ । तर दावी भुक्तानी तिर भने जहिले पनि मान्छे कम हुने, त्यो एक कारणले गर्दा पनि दावी भुक्तानी ढिलो हुने गरेको देखिन्छ । त्यस्तो अवस्था सृजना भएको हुनाले बीमा समिती कम्पनीका प्रमुखहरुलाई यो कुरामा सुधार गर्नुस् भनेर पहिले नै भनि सकेका थियौ । केही सुधार त भएको पनि छ ।
अहिले प्रतिस्पर्धाको समय छ त्यस कारणले गर्दा पनि बीमा बजारमा नयाँ नयाँ योजनाहरु बीमा कम्पनीहरुले लिएर आएका छन् । स्पोर्टमा नै दावी भुक्तानी गर्ने देखी अन्य धेरै नयाँ योजनाहरु छन्, यसले केही हद सम्म बीमा क्षेत्रलाई राम्रो गरिरहेको छ । तर कति मानिसहरुले ‘भनेको सुनेको भरमा बीमा गरेको अनुसार अहिले सम्म केही भुक्तानी पाएको छैन, बीमा गरेर केही हुदैन’ भनेर भन्छन् । । यस्तो पनि धारण छ समाजमा । बीमा गरे पश्चात केही घटना घटेर बिरामी भएर दावी लिन पाउने हो एसै कहाँ पाइन्छ दावी भुक्तानी । तर मलाइृ के लाग्छ भने दावी भुक्तानी लिनु नपरेको नै राम्रो हो ।
जो व्यक्तिले बीमा गरी केही दुर्घटना घटेर दावी भुक्तानी लिएका छन्, उनीहरुबाट सकारात्मक संदेश गएको छ तर जो मान्छे अन्य तरिकाबाट दावी भुक्तानी लिन खोज्छन् र दावी पाउदैनन् उनीहरुबाट बीमाको बारेमा नकारात्मक संदेश गएको छ ।





