Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एकैसाथ प्रभु बैंकका दुई शाखा विस्तार

२०७६ जेष्ठ २० गते

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले काठमाडौँको बल्खु र दाङको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बल्खु शाखा र लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले लमही शाखाको उद्घाटन गरेका छन् ।

यससँगै प्रभु बैंकको शाखा संख्या १८२ पुगेको छ । यसबाहेक बैंकले १४६ एटिएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Ad