Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

द्धन्द्धकालमा विस्थापित कृषि विकास बैंकको शाखा पुनःस्थापित 

२०७३ जेष्ठ ३१ गते

adblद्वन्द्वकालमा विस्थापित भएको पाल्पा जिल्लाको चापाकोटको कृषि विकास बैंक करिब १५ वर्षपछि सञ्चालनमा आएको छ । विसं २०५७ मा विस्थापित उक्त बैंक पुनःस्थापना भई आइतबारदेखि सञ्चालनमा आएको हो । बैंक पुनःस्थापना भएसँगै नागरिकले खाता खोल्न, निक्षेप स्वीकार गर्न, ऋण प्रवाह, विप्रेषण सञ्चालन सेवालगायत उपयोग गर्न सुरु गरेका छन् । कर्मचारीको सदरमुकाम बस्ने मोहका कारण तथा पुनःस्थापनाका लागि चापाकोटवासीको पहल नहुँदा शान्ति स्थापनापछि पनि बैंक पुनःस्थापना हुन सकेको थिएन ।