Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनबीआईले ज्योति विकास बैंकका कर्मचारीहरुको अनलाइन परीक्षा लिने

२०७६ जेष्ठ ६ गते

बैंकिङ खबर । नेशनल बैंकिङ ईन्स्टिच्यूट (एनबीआई) र ज्योति विकास बैंक बीच e-Examination सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार एनबीआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागि अनलाइन परीक्षा लिने भएको छ । यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृति बसाल्न का साथै उनिहरुबिच बैंकिङ ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिङ ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापाले हस्ताक्षर गरेका थिए ।

Ad